दिपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : २८


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् । खुट्टाको चोट बोकेका दिपेन्द्रले सोमबारबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका हुन् ।

गत आइतबार अभ्यासको क्रममा गोलीगाँठोको चोट बोकेका उनले पपुवा न्युगिनीसँगको एवदिसिय सिरिज पनि गुमाएका थिए । उनको चोट निको हुन केहि समय लाग्ने भएकाले उनले सिरिज गुमाउने भएका हुन । पीएनजीसँगेको दोस्रो एकदिवसीय अगाडी उनको चोटको एमआरआई गरिएको थियो । उनको चोट कति गम्भिर रहेको भनेर क्यानले औपचारिक रुपमा केही बताएको छैन् ।


प्रतिक्रिया दिनुहोस्