सत्ता गठबन्धनको बैठकः मन्त्रिपरिषद विस्तारमा जुटेन सहमति

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ०३


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसको सत्ता गठबन्धनको बैठक सकिएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न आइतबार बसेको पाँच दलको बैठक ठोस सहमति नभई सकिएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तारको छलफल भएपनि दलहरुबीच सहमति जुट्न नसक्दा अझै केही दिन मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।


प्रतिक्रिया दिनुहोस्