सांसद पाण्डे र भट्टको रिटमाथि सुनुवाई हुँदै

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : ५५


काठमाडौं । नेकपा एकीकृत समाजवादीमा अद्यावधिक गराउनुपर्ने माग गर्दै सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार न्यायाधीश मिरा खड्काको इजलासमा उक्त रिटको पेशी तोकिएको छ ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले दायर गरेको रिट शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

दुवैजनाले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउ भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए । नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले आफूहरुको विवरण नपठाएको उनीहरुको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्