रोनाल्डोको शानदार पुनःआगमन, डेब्युमा २ गोल गर्दै जिताए खेल

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : ४७


पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइडेटमा शानदार पुनःआगमन गरेका छन्। १२ वर्षपछि फेरि युनाइडेटमा आवद्ध रोनाल्डोले आफ्नो डेब्यु खेलमा दुई गोल गरेका हुन्।

भर्खरै सम्पन्न प्रिमियर लिग खेलमा युनाइटेडले न्यु क्याश्चल युनाइटेडविरद्ध ४–१ को जित निकाल्दा रोनाल्डोले दुई, ब्रुनो फर्नान्डेजले एक र जेसे लिंगार्डले एक गोल गरेका हुन्।

न्यु क्याश्चलका लागि भने जाभियर मान्किुइलोले एक सान्त्वना गोल फर्काए। डेब्यु खेलमा रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट सुरुवात गरेसँगै उनीसँग युनाइटेडका समर्थक खुशी भएका छन्।

यो खेलसँगै युनाइडेट शीर्ष स्थानमा उक्लिएको छ। युनाइटेड ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी समान खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ।

यस्तै समान ९–९ अंक नै भएको ब्राइटन र टोटनह्याम गोल अन्तरका आधारमा तेस्रो र चौथो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस्