गएको २४ घण्टामा थपिए ९९४ कोरोना संक्रमित

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : ०३


नेपालमा गएको घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धेरैपछि नेपालमा हजारभन्दा कम व्यक्तिमा कोरोना देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको छ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ।

 


प्रतिक्रिया दिनुहोस्