जलिरहेको कार भित्रबाट वृद्ध दम्पत्तिलाई यसरी बचाइयो…(भिडिओ)

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ४ : ००


अमेरिकाको सान डिएगोमा हालसालै एक वृद्ध दम्पत्तिको ज्यान जोगाउने मानिसहरुको विश्वभरबाट प्रशंसा भइरहेको छ।

सडकमा रोकिएको कार आगो लागेर पूर्ण रुपमा नष्ट हुन लागेका बेला जब अग्निनियन्त्रकले त्यो कारमा गएर हेर्छन् उनीहरुले त्यहाँ एक वृद्ध दम्पत्ति देख्छन्।

भिडिओमा देखिएअनुसार आगो पछडिको सिटसम्म फैलिसकेको हुन्छ। ती वृद्धवृद्धा बस्ने अगाडिको सिटमा पनि आगो फैलिरहँदा वृद्धवृद्धाको उद्धार हुन्छ। जसका कारण वृद्ध दम्पत्तिको ज्यान जोगिन्छ।

(भिडिओ)

९२ वर्षका केन र उनका ९० वर्षकी श्रीमतीले उक्त कार कुदाइरहँदा पछाडिबाट अर्कै कारले ठक्कर दिँदा आगो लागेको अमेरिकी संचारमाध्यमले जनाएको छ। यो दुर्घटना हुँदा घाइते भएकाले उनीहरु कारबाट निस्कन नसेको बताइएको छ।

यदी प्रत्यक्षदर्शीले उद्धारकर्तालाई फोन नगरेको भए उनीहरुको ज्यानै जानसक्ने थियो।

 


प्रतिक्रिया दिनुहोस्