तालिबानको सत्ता कब्जापछि त्यहाँ पहिलोपटक व्यावसायिक उडान भर्दै पाकिस्तान एअरलाइन्स

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ३ : ०६


तालिबानले सत्ता कब्जा गरेपछि पहिलोपटक अफगानिस्तानमा व्यवसायिक उडान सुचारु गर्न पाकिस्तान राजी भएको छ।

एफपीका अनुसार पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अफगानिस्तानसँग व्यावसायिक उडान भर्ने भएको हो। गत महिना तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ हालसम्म व्यावसायिक उडान हुन सकेका छैनन्।

पाकिस्तान एअरलाइन्सले आउँदो सोमबार सेप्टेम्बर १३ देखि उडान सुचारु गर्न लागेको हो। पाकिस्तान इन्टरनेसनल एअरलाइन्सका प्रवक्ता अब्दुल्ला हाफिज खानले भनेका छन्,‘हामी उडान सञ्चालनको लागी सबै प्राविधिक मंजूरी पाएका छौं।’

आफूहरुलाई ७३ माधव अधिकारवादी संस्थाबाट उद्धारको लागि आग्रह भएको पनि उनको भनाइ छ। सोमबार इस्लामावादबाट काबुलको लागि पहिलो पाकिस्तानी व्यावसायिक विमान उड्नेछ।


प्रतिक्रिया दिनुहोस्