सभामुखले संसदको नेताको नभएर पार्टी सदस्यको भूमिका खेलेः भट्टराई

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : २७


नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले आफूहरुले बाध्य भएर संसद अवरोध गर्नुपरेको बताएका छन्।

शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भनेका छन्,‘संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख हुन्छन्। सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, संसद नेता हो। उहाँले संसदको नेताको रूपमा भन्दा सत्तापक्षको सदस्यको रूपमा ज्यादा भूमिका खेल्नुभयो।’

पदीय आचरणविपरीत नेकपा एमालेको विभाजनमा सभामुखले भूमिका खेलको टिप्पणी गर्दै भट्टराईले संसदलाई सहज बनाउने काम सत्तापक्षको रहेको र सभामुखले यसमा सहजीकरणको भूमिका निभाउनुपर्ने भट्टराईले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्