एमसीसी अघि बढाए देशव्यापी आन्दोलनको आगो लाग्छः प्रकाण्ड

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १ : २१


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जबर्जस्ी अघि बढाएमा देशमा आन्दोलनको आगो सल्कने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले यस्तो बताएका हुन्।

जनताकै विरोधका कारण अहिलेसम्म एमसीसी पास हुनबाट रोकिएको बताउँदै उनले भने,‘हाम्रो विरोधले चाहेर पनि शासकले यसलाई पास गर्न सकेका थिएनन्। ओलीले पनि हाउसमा टेबुल गर्न सकेनन्ु, अहिले पनि एमसीसीविरुद्ध संघर्षको कार्यक्रम चलिरहेको छ। यही २८ गते बृहत् कार्यक्रम गर्छौँ।’

एमसीसी पास गर्ने मूर्खता गरिए शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध प्रतिरोध गरिने चेतावनी पनि उनले दिए।


प्रतिक्रिया दिनुहोस्