महानायक राजेश हमाल एमसीसीको विपक्षमा, यसो भन्छन्…

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : ४८


नेपाली सिने जगतका महानायक राजेश हमाल अमेरिकी अनुदान सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विपक्षमा देखिएका छन्। नेपालका नागरिकहरु एमसीसीको विपक्षमा भइरहँदा सरकारले एमसीसी संसदमा पारित गर्ने कसरत थालेको छ।

यसबीचमा नेपालभर विरोध भइरहँदा हमालले पनि आफ्नो भनाइ राखेका हुन्। उनले बहुसंख्यक नेपाली एमसीसीको विरोधमा भएका बेला सरकारले यो कार्यक्रमलाई अनुमोदन गर्नु उचित नहुने बताउँछन्।

उनले फेसुबक भिडिओ सार्वजनिक गर्दै भनेका छन्,‘जनताहरु एमसीसीको विपक्षमा छन्। उहाँहरु असन्तुष्ट हुनुहुन्छ। विद्रोह गरिरहेको अवस्थामा सरकार र सम्बन्धित निकाय यो विषयमा सम्वेदनशील हुन जरुरी छ।’

नेपालीहरुको चित्त नबुझी गरिएका एमसीसीसँग सम्बन्धित निर्णयले गम्भीर असर पुर्याउन सक्ने भन्दै हमाल भन्छन्,‘बहुसंख्यक नेपालीको चित्त नबुझी गरिएका निर्णय प्रतिउत्पादक हुनेछ यसले नराम्रो असर गर्नसक्छ।’

नेपाल सरकार र अमेरिकाले एमसीसीबारे नेपालीलाई प्रस्ट पारेर खुशी पारेर मात्र यस्ता प्रक्रिया अगाडि बढाउन सजिलो हुने पनि हमालको भनाइ छ।

‘बहुसंख्यक नेपालीले स्वतन्त्रतामाथि हस्तक्षेप भएको महसुस गरिरहनु भएको छ। नेपालीको मर्म सरकारले बुझ्न जरुरी छ’ उनी भन्छन्,‘अमेरिकाले पनि यो बुझ्न जरुरी छ। त्यसका लागि एमसीसी केहो स्पष्ट पार्नुपर्छ। एमसीसीबारे नेपाली जनताको चित्त बुझाउनु नेपाल र अमेरिकाकै दायित्व हो।’

भिडिओ


प्रतिक्रिया दिनुहोस्