सन्दीपको शानदार बलिङमा पपुपा न्युगिनीमाथि नेपालको जित

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ०२


काठमाडौं । पपुवा न्युगिनी विरुद्धको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल विजयी भएको छ।

कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको थियो।

२३४ रनको टार्गेट पाएको पपुवा न्युगिनीले नेपालले दिएको टार्गेट बनाउन सकेन्।

स्टार स्पीनर सन्दीप लामिछानेको ६ विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गर्न सफल भएको छ।

यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २-० ले आफ्नो पक्षमा पार्न सफल पारेको छ।

आजको खेलमा ५.१ ओभर बलिङ गरेका सन्दीपले ११ रन मात्र खर्चिएर ६ विकेट लिए।

सन्दीपको प्रदर्शन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो।

यसअघि सन्दीपले नै सन् २०२० मा अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६ रन खर्चेर ६ विकेट लिँदै कीर्तिमान बनाएका थिए।

शुक्रबार अन्य नेपाली बलरमा सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १–१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस्