रोहितको उत्कृष्ट ब्याटिङमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ०९


काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ।

कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो।

नेपालका युवा ब्याट्सम्यान रोहितले सर्वाधिक ८६ रन बनाए। १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा अविजित रन बनाएका हुन्।

कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन बनाए। ७० बल खेलेका मल्ले २ छक्का र ३ चौका प्रहार गरेका थिए।

यस्तै, करण केसीले ४२ रन बनाए बनाए। जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए। विकेट किपर विनोद भण्डारीले १७ रन बनाए। ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३-३ रन बनाएर आउट भएका थिए।

नेपालले एक्स्ट्रा २४ रन पाएको थियो।

पपुवा न्युगिनीका काबुआ मोरेयाले सर्वाधिक २ विकेट लिए।

१० ओभर बलिङ गरेका उनले १ मेडन राखेका थिए। यस्तै, नोमान मानुआ, चाद सोपर र कार्लेस् अमिनीले १(१ विकेट लिए।

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए। रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए।


प्रतिक्रिया दिनुहोस्