तालिबानद्वारा अफगानिस्तानका पूर्व उपराष्ट्रपतिका भाइको हत्या

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ३४


काबुल । तालिबान समूहले अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको क्ररतापूर्वक हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेपछि आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका अमरुल्ला सालेहका भाइ हाल पन्जशिर उपत्यकामा छन।

पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ।

सोही क्षेत्रमा रहेका उपराष्ट्रपतिका भाइृ रुल्लाह सालेहको बिहिबार राति तालिबान कार्यकर्ताले कूरतापूर्वक हत्या गरेका हुन।

पन्जसिरमा पूर्व उपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्