एमसीसीविरुद्ध रौतहटमा आईटी आर्मीको प्रदर्शन

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ५७


रौतहट । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आईटी आर्मीले प्रदर्शन गरेको छ।

नेकपा एमालेनिकट आईटी आर्मीको चन्द्रपुर नगर कमिटीले शुक्रवार एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो।

राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्ने आईटी आर्मीका युवाहरुको माग थियो।

युवाहरुले महेन्द्र राजमार्गको चन्द्रपुर खण्डमा विरोध प्रदर्शन गरेका हुन्।

जिल्ला अध्यक्ष नरेश तुराहाको नेतृत्वमा गरिएको उक्त विरोध कार्यक्रममा ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर, राष्ट्रघाती एमसीसी फिर्ता गर, देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन’ जस्ता नारा लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्