कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ३०


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ।

के्रन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन्। पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १३ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १६ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा।प्रकाशशरण महतले जानकारी दिए।

प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ। २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताए।


प्रतिक्रिया दिनुहोस्