सांसद रेखाकुमारी भन्छिन्-‘सभामुखलाई माइकले हान्थेँ’ (भिडियो)

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : २२


काठमाडौं । आज प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा एमाले सांसदहरूको चर्को नारााबाजी गरेका छन्।

सभामुखले कारवाही अगाडी बढाएपछि एमाले सांसदहरू झन् आक्रोशित भए।

त्यसबीचमा सांसदहरुको मर्यादापालकसँग घम्साघम्सी चल्यो। एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन्।

गृहमन्त्रीको माइक थुतेर कसलाई हान्न खोजेको भन्ने जिज्ञासामा उनले सभामुखलाई टार्गेट गरेको बताएकी छिन्।


प्रतिक्रिया दिनुहोस्