रक्सीले मात्तिएकी युवतीको वितण्डा, सैन्य गाडीमा लात्ति हान्दै सेनालाई धकेलिन् (भिडिओ)

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ०३


भारतमा रक्सीले मात्तिएकी एक युवतीले सेनामाथि दुर्व्यवहार गरेकी छिन्। मध्य प्रदेशको ग्वालियरमा हालै साँझको समयमा मात्तिएकी युवतीले सेनाको गाडीमाथि लात्ता प्रहार गरेकी हुन्।

उनले लात्ता मात्र प्रहार गरिनन् सेनालाई धकेल्न समेत भ्याइन्। यो घटना यसैहप्ताको बुधबार भएको बताइएको छ। सो क्षेत्र नजिकै प्रहरी कार्यालय भएता पनि महिला प्रहरी नभएकाले उनलाई पक्राउ गर्न ढिला भएको थियो।

(भिडिओ)

केहीबेरमै एक महिला प्रहरी बोलाएर उनलाई पक्राउ गरिएको थियो। ती महिलाले वरपरका मानिसलाई गाली गलौज पनि गरेकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस्