प्रतिनिधिसभा बैठक २७ भदौमा बस्नेगरि स्थगित

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३३


काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक २७ भदौ आइतबार बस्ने भएको छ।

शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन्।

शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो।

जुठबहादुर खड्गी ९जे।बी। टुहुरे० र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन्।


प्रतिक्रिया दिनुहोस्