संसदमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी (फोटोफिचर)

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : २५


काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ।

आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो ।

अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो।


प्रतिक्रिया दिनुहोस्