कोरोनाका कारण रोजगारी गुमाएका ५ लाख परिवारलाई सरकारले १० हजार दिने

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : १७


काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ।

शुक्रबार नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्यआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको जानकारी दिएका छन।

सो रकम असोज मसान्तभित्र हस्तान्तरण गरिसक्ने मन्त्री शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्