संसदमा अर्थमन्त्री शर्माको दौड: हतारिएर रोष्ट्रम पुगे, आर्थिक अध्यादेश ‘जर्बजस्ती’ पारित

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ४७


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेस गरेका छन।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए। तर अर्थमन्त्री शर्मा दौडिएर रोष्टममा पुगे। र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे।

मन्त्री शर्माले आर्थिक अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरे लगत्तै सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन।।

होहल्लाकै बीच अध्यादेश पारित भएको घोषणा सभामुखले गरेका हुन।

 


प्रतिक्रिया दिनुहोस्