भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट रद्द

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : ३६


काठमाडौं । पाँचौं तथा अन्तिम आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको खेल कोरोना भाइरसका कारण रद्द भएको छ ।

शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ । आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ । हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले बताएको हो ।

यस घिका चार टेस्टमा भारतले २–१ को अग्रता बनाएको थियो । पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो । तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो ।


प्रतिक्रिया दिनुहोस्