अमेरिकी विमानको पंखामा पिङ खेल्दै तालिबान लडाकु, भाइरल बन्यो भिडिओ

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : १८


अफगानिस्तान तालिबानको हातमा गइसकेको छ र त्यहाँ तालिबानले नयाँ सरकार गठन गरेको छ।

जब तालिबानले काबुल कब्जा गर्ने अवस्था आयो तब राष्ट्रपति असरफ गनी देश छाडेर यूएई भागे। त्यसबेला तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयको जिमखानामा रमाइलो गरिरहेको भिडिओ सार्वजनिक भएको थियो।

उनीहरु फनपार्कमा पनि रमाइरहेको भेटिएका थिए।अगष्ट ३१ मा सबै अमेरिकी सेनाहरु अफगानिस्तान फर्किएसँगै उनीहरुले दर्जनौं विमान र हेलिकप्टरहरु छाडेका थिए।

भिडिओ

ती बिमानहरु काम नलाग्ने बनाएर मात्र अमेरिकीहरु काबुलबाट अमेरिका फर्किएका थिए। यसबीचमा तालिबान लडाकुहरुले अमेरिकी विमानको पंखामा पिङ लगाएर खेलेको भिडिओ भाइरल भइरहेको छ।

यसअघि जिमखानामा रमाईरहेका लडाकुहरु यतिबेला अमेरिकी विमानमा पिङ लगाएर खेलिरहेका हुन्।

भिडिओ


प्रतिक्रिया दिनुहोस्