एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ४३


काठमाडौं । एमालेले अवरोध सृजना गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका थिए । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ । यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ ।


प्रतिक्रिया दिनुहोस्