पेन्सनको लोभले आमाको अन्त्येष्टी गरेनन् बरु शव घरमै लुकाएर राखे यी व्यक्तिले!

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : ४३


अस्ट्रेलियामा एक व्यक्तिले आफ्नो आमाको मृत शरीरको अन्त्येष्टी नगरी शवलाई घरमै लुकाएर राखेको पाइएको छ। बीबीसीका अनुसार आमाको पेन्सनको लोभका कारण उनले शव लुकाएर राखेका हुन्।

८९ वर्षको उमेरमा वृद्धाको गत वर्षको जुन महिनामा मृत्यु भएको थियो। डिमेन्सिया रोग लागेकी उनको प्राकृतिक रुपमै निधन भएको थियो। तर ६६ वर्षका उनका छोराले आमाको मृत शरीरुको अन्त्येष्टी गरेनन्।

उनले घर तलको कोठामा आईसमा आमाको शरीर ब्यान्डेजले बाँधेर राखे। प्रहरीका अनुसार ती व्यक्तिले आमाको पेन्सन अवैध रुपमा बुझे। उनले ५० हजार युरो पेन्सन पाएको बताइएको छ।

नयाँ पोस्टम्यानले आमा नदेखेसम्म पेन्सन नदिने बताएपछि यो घटना बाहिरिएको हो। उनले आफ्ना भाईलाई आमाको उपचार भइरहेको बताउँदै आएका थिए।

आफूसँग जागिर नभएका कारण आमाको पेन्सन रकम पाउन आफूले यस्तो काम गरेको उनको भनाइ छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्