प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : २४


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम कतारको दोहा प्रस्थान गरेको छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम शुक्रबार कतार प्रस्थान गरेको हो ।

कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो। साफ च्याम्पियनसिप भन्दा अगाडी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छन्।

नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ। नेपाली टिम कतारबाटै माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ गतेसम्म हुनेछ ।


प्रतिक्रिया दिनुहोस्