विश्व विद्युतीय गाडी दिवसमा निशानको ‘दक्षिण एसियामा ग्रिन मिसन सेसन’

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : २१


काठमाडौँ । कार उत्पादक कम्पनी निशानले विश्व विद्युतीय गाडी दिवसको अवसरमा दक्षिण एसियामा ग्रिन मिसन सेसनको आयोजना गरेको छ।

नेपाल, भुटान र श्रीलङ्काको बजारमा विद्युतीय सवारी साधन सहजपुरमा उपलब्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको सो कम्पनीले जनाएको छ।

सो सेसनमा नेपाल र भुटानमा पर्याप्त जलविद्युत उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना रहेको बारे छलफल भएको थियो। यसै गरी यस क्षेत्रमा सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने बारे पनि छलफल भएको कम्पनीले जनाएको छ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिप भी निसान कार प्रारम्भिक चरणमा विशेष छुट मूल्य अर्थात् ५९ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको छ।

निसान लिफ इभी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो। निसान लिप गाडीले समग्रमा २.५ बिलियन किलो लिटरको यात्रा तय गरिसकेका छन्।

जसले १.२ मिलियन टन कार्बन घटाउन मद्दत पुर्याई सकेको छ। यसको तुलना गर्दा ९ करोड रुखबाट पाइने अक्सिजन सँग गर्न सकिन्छ।

हाल नेपाल सरकारको अग्रगामी नीति पनि कार्बन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने छ।

निसान इण्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले आफुहरुको उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उकास्ने रहेको बताए।

अहिले दक्षिण एसियाका धेरै सरकारहरू क्लिन इनर्जी लक्ष्य प्राप्त गर्न लागिपरेकाले सोही सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिप दक्षिण एशियाको बजारमा उपलन्ध गराउन लागिएको उनले बताए।

निसान लिफ इभी बारे उनी भन्छन्, ‘यो निसानको मौलिक र गुणस्तर युक्त सवारी साधन हो। यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ। यो ७.९ सेकेण्डमा १०० कि.मि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० कि.मि प्रतिघण्टा छ। यसकोे संचालन खर्च साह्रै कम छ।’

समुदायमा गतिशीलता प्रदान गर्न निसान लिप इभी अति उपयोगी रहेको निसानका साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायर बताउँछन।

पायोनियर मोटो कर्प प्रा.लिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले यो कारको प्रारम्भिक मुल्य ५९.९९ लाख कायम गरेको जानकारी दिए।

हाल बजारबाट धेरै राम्रो प्रतिकृया आएकोले ग्राहकलाई निशान लिफको प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि काठमाडौँ स्थित शो–रुमहरुमा साता व्यापी टेष्ट ड्राईभको व्यवस्था गरेको उनले जानकारी दिए।

निसान लिप सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ भने विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन्। आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ।

निसान मोटर हिँडिया जापानको निसान मोटर कंपनीको शतप्रतिशत सहायक कंपनी हो। यो कंपनीको स्थापना २००५ मा भएको हो। यसको ह्याचव्याक, एमयूभी, एसयूभी र सेडान जस्ता सवारी साधन भारतमा बनाएको छ।

यसले रिनोल्टसंग विश्वव्यापी रुपमा साझेदारी गरेको छ। भारतको चेन्नाई नजिक यसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ। निसान र ड्याट्शन यसका दुई ब्राण्ड हुन्।


प्रतिक्रिया दिनुहोस्