मेस्सीको ह्याट्रिक

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : ३९


काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । मेस्सीले खेलको १४, ६४ र ८८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्