एमसीसीको टोलीले नेताहरूको घर–घर पुगेर दबाब दिएकोप्रति रावलको आपत्ति

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ९ : ४१


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमसीसी उपाध्यक्षले नेपाली नेताहरुको घरघरमा गएर दबाब दिएकोप्रति आपत्ति जनाएका छन।

एमसीसी प्रतिनिधि मण्डलले नेताहरुका घर–घरमा पुगेर दबाब दिन लागेको भन्दै नेता रावलले चिन्ता व्यक्त गरेका हुन।

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलले आज एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेको थियो।

यस्तै अन्य नेताहरुसँग पनि सुमारको टोलीले भेट्ने तयारी गरिहँदा रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्