अझै भेटिएनन् खोलाले बगाएका नगर प्रहरी

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ७ : ५१


सोलुखुम्बू । दुई सातादेखि खोलामा बेपत्ता सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरीको अवस्था अझै अज्ञात छ।

८ भदौमा वडा नम्बर-२ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएका नगर प्रहरी दावा तेन्जी शेर्पाको अवस्था अझै अज्ञात रहेको नगरपालिकाले जनाएको छ।

नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखे उनी फेला पर्न परेका छैनन्।

८ भदौ मंगलबार दिउँसो सोही नगरपालिकाको वडा नम्बर.८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जान हिँडेका थिए।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन्।

गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडा नम्बर( २ का वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस्