हिजोसम्म केटाकेटी छु जस्तै लाग्थ्यो, आज एकाएक परिपक्व भएको आभास भइरहेको छ : ऋचा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ७ : २१


काठमाडौं । अभिनेत्री ऋचा शर्माले अभिभावक बन्न पाउँदा खुशी लागेको बताएकी छन।

धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री शर्माले सामाजिक सञ्जाल मार्फत आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउदा खुशी लागेको उल्लेख गरेकी छन।

पहिलो सन्तानस्वरुप छोरालाई जन्म दिएकी अभिनेत्रीले आमा बनेपछि आफूजस्तो धनीमान्छे कोही झैं नलागेको बताएकी छिन्।

‘पर्दामा अनेक भूमिका निभाउँद निभाउँदै आज पर्दाबाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिल्यै निर्वाह गर्ने मौका पाएको थिइँन जीवनमा’ ऋचाले लेखेकी छिन् ‘आजसम्म के कति कमाएँ, लेखाजोखा छैन तर, आमा झैं माया गर्ने सासु आमा हुनुुहुन्छ। बुवाझैं आशिष दिने ससुरा बुवा हुनुहुन्छ। मनले मागे भन्दा बढी बुझिदिने जीवनसाथी। आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही झैं लागिरहेको छैन।’

उनले छोराको नाम आभ्यान विक्रम राणा राखेकी छिन।


ऋचाले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी थिइन।

पछिल्लो समय कमेडी च्याम्पियनमा जजको भूमिकामा रहेकी उनी गर्भावस्थाका कारण हालैका दिन सोमा देखिएकी थिइनन्।


प्रतिक्रिया दिनुहोस्