एमसीसीको विरोधमा उत्रनेलाई पक्राउ गर्ने कार्य बन्द होस् : भीम रावल

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ७ : ०५


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसीको विरोधमा पद्रर्शन गर्नेहरुलाई पक्राउ गर्ने कार्य बन्द गर्न सरकारलाई आग्रह गरेका छन।

एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणमा रहेका बेला विभिन्न ठाँउमा प्रदर्शन भइरहेको छ।

उनको विरोध प्रदर्शनमा उत्रनेलाई सरकारले गिरफ्तार गरिरहेको प्रति नेता रावलले आपत्ति जनाएका हुन।

उनले सामाजिक सञ्जाल ट्विटमा भनेका छन, ‘राष्ट्रिय हितमा शान्तिपूर्ण रूपले आवाज उठाउदै नेपालको स्वाधीनता र हित विपरीतको एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई पक्राउ र दमन गर्नु र गृह मन्त्रालयबाट संविधान प्रदत्त वाक स्वतन्त्रता विरूद्ध वक्तव्य दिनु निरंकुश,असंवैधानिक र राष्ट्र विरोधी कार्य हो।यस्तो कार्य सरकार बन्द गरोस्।’


प्रतिक्रिया दिनुहोस्