सीद्वारा उत्तर कोरियासँगको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउने प्रतिज्ञा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ६ : १४


चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको ७३ औं वार्षिकोत्सवमा शुभकामना सन्देश पठाएका छन्।

सीले सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेख्दै उत्तर कोरियासँगको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउने प्रतिज्ञा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सीले समाजवादी विचारधाराका कारण उत्तर कोरियाको विकास भइरहेको देख्दा आफूलाई खुशी लागेको पत्रमा उल्लेख गरेका छन्।

सीले भनेका छन्,‘उत्तर कोरियाको स्थापनापछि गएको ७३ वर्षयता वर्कर्स पार्टीले समाजवादी कारणहरुलाई बढावा दिन निरन्तर प्रयास गर्दै महान उपलब्धिहरु हासिल गरेको छ।’


प्रतिक्रिया दिनुहोस्