प्रिती राईले डेब्युमै गरिन् गोल, नेपाल २-० ले अगाडि

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ६ : ०१


काठमाडौं । युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन्।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन्।

नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन्। उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन्।

नेपाल यू-१५ टोलीको कप्तान समेत रहेकी प्रितीले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन्।

यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन्।

सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन्।

बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्