टाउको बिग्रिएको बच्चा जन्मिएपछि श्रीमती छाडेर भागे यी व्यक्ति

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : १९


अफ्रिकी राष्ट्र रुवान्डामा हालै टाउको राम्रोसँग विकास नभएको बच्चा जन्मिएपछि उनका पिता फरार भएका छन्। श्रीमती बाजेनेजा लिबारातालाई छाडेर श्रीमान भागेको डेली स्टारले जनाएको छ।

भर्खरै बच्चा जन्माएकी श्रीमतीलाई छाडेर भागेपछि लिबाराताका श्रीमानको चर्को रुपमा आलोचना भएको छ।

बच्चा शारीरिक रुपमा ठिक नदेखेपछि बच्चाका पिताले नवजात शिशुलाई एलिएनको बच्चा भन्दै जिम्मेवारी छाडेर भागेको समाचारमा जनाइएको छ।

Bajeneza Liberata's son

यतिबेला विश्वभरबाट बच्चाको सहयोगको लागि अभियान चलेको छ र हालसम्म ५८ हजार पाउन्ड संकलन भइसकेको छ। ‘फिफर सिन्ड्रोम’का कारण टाउको सामान्य नभएको बताइएको छ।

सहयोग रकम बालकको टाउकोको उपचारमा खर्च हुने जनाइएको छ।

Bajeneza Liberata's son


प्रतिक्रिया दिनुहोस्