एमसीसीबारे समान धारणा बनाउन सत्ता गठबन्धनको बैठक जारी

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : ४२


काठमाडौं । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा दिन आनाकानी गरेका छन।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली सत्तामा रहँदा एमसीसीको पक्षमा थिए। तर, हाल प्रतिपक्षीमा रहेका अध्यक्ष ओलीले बिहिबार एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा सत्तारुढ दलहरुको धारणा पछि मात्रै आफूहरुले धारणा बताएको एमाले नेता राजन भट्टराईले जानकारी दिए।

अहिले सरकारसँग आवश्यक बहुमत भएका कारण एमसीसी सम्झौता पारित गर्न एमालेको सहयोग नचाहिने समेत ओलीले बताएका थिए।

यसैबीच, एमसीसीबारे समान धारणा बनाउन नेपाली काँग्रेस सहित सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको छ।

एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो।

चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष सुमार काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू दबाबमा परेका छन्।


प्रतिक्रिया दिनुहोस्