एमसीसी उपाध्यक्षलाई कालोझण्डा देखाउने दर्जनौं पक्राउ

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : २३


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारलाई कालोझण्डा देखाउने दर्जनौं व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति नेपालका संयोजक नारायण शर्माका अनुसार प्रहरीले दर्जनौं युवालाई पक्राउ गरेको छ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज दिउसो बालकोट पुगेको थियो।

बालकोटबाट ओलीलाई भेटेर फर्कनेक्रममा उनीहरुलाई कोटेश्वरमा कालो झन्डा देखाउन जम्मा भएका दर्जन बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समितिनेपालले नारायण बिज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका सबै आन्दोलकारीहरुलाई तत्काल बिनासर्त रिहाइको माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्