चीनविरुद्धको क्वाड बैठकका लागि सुगा, मोदी र मरिसन अमेरिका जाँदै

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : २५


जापानका प्रधानमन्त्री योसिहिदे सुगा अमेरिका भ्रमणमा जाने भएका छन्। यही सेप्टेम्बर महिनाको अन्त्यमा उनी अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शिर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्टन जाने भएका हुन्।

सम्मेलनमा क्वाडमा आवद्ध मूलुकका प्रमुखहरुबीच छलफल हुनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सो बैठकमा सहभागी हुने तय भएको छ।

क्वाड समूहलाई चीनले आफूविरुद्धको मार्चा भएको आरोप लगाउँदै आएको छ। केही समय अगाडि क्वाडको पहिलो सम्मेलन जापानमा आयोजना भएको थियो। सो बैठकले इन्डो–प्यासिफिक क्षेत्रमा चीनको अक्रामकताविरुद्ध उभिने निर्णय गरेको थियो।

क्वाड समूहले चीनले दाबी गर्ने दक्षिण चीन सागरको जल क्षेत्रमा आफ्ना जहाजहरु पठाउने गर्दछन्। यी राष्ट्रले चीनको दाबी अस्वीकार गर्दै आएको छ। यसै महिनाको अन्तिममा हुने बैठकमा पनि चीनको विषयमा छलफल हुने अनुमान गरिएको छ।

जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम बैदेशिक भ्रमण हुनसक्ने देखिएको छ। यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उनले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ।


प्रतिक्रिया दिनुहोस्