काबुलमा महिला प्रदर्शनकारीलाई तालिबान लडाकुले कुटपिट गरे (भिडिओ)

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ५८


गत बुधबार महिला अधिकारको लागि भन्दै हजरौं व्यक्तिहरु अफगानिस्तानको राजधानी काबुलमा प्रदर्शन गर्न उत्रिएका थिए। सो प्रदर्शनमा अधिकाँश महिला नै सहभागी थिए।

उनीहरुले तालिबानको सरकारमा महिलालाई सहभागी गराइनुपर्ने माग गरेका थिए। यस्तै उनीहरुले पन्जसिरको विषयमा पाकिस्तानी दूतावास अगाडि पनि प्रदर्शन गरेका थिए।

त्यसदिन सो प्रदर्शनमा तालिबानका लडाकुले हवाई फायर गर्दै भीडलाई तित्तरबित्तर बनाएको खबरहरु सार्वजनिक भएको थियो। यतिबेला सोही दिनको भिडिओहरु सार्वजनिक भएका छन् जहाँ महिलालाई तालिबान लडाकुले कुटपिट गरेको देखिएको छ।

भिडिओ

महिलाहरुले गर्भवती पूर्व प्रहरीको तालिबानले हत्या गरेको भन्दै विरोध पनि गरेका थिए। यतिबेला महिलालाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि तालिबान लडाकुको आलोचना भइरहेको छ।

तालिबानले महिला अधिकार सुनिश्चित गर्ने वाचा गरेपनि महिलामाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि तालिबान दुष्ट शासनतर्फ अगाडि बढेको विश्लेषण भइरहेको छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्