पैसाको प्रलोभन देखाएर ९ वर्षीया बालिकामाथि बलात्कार, भारतीय नागरिक पक्राउ

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ४५


कपिलवस्तु । पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार अन्सारीले बालिकालाई २१ भदौको राति जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

पैसा दिने भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । अन्सारी १२ वर्षदेखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।

करणीपश्चात फरार रहेका उनलाई २२ गते पक्राउ गरिएको थियो।

अदालतबाट म्याद थप गरी अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्