उत्तर कोरियामा मध्यरातमा सैन्य परेडः ग्यास मास्कमा सेना, दुब्लो देखिए किम

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ५९


उत्तर कोरियामा बुधबार मध्यरातमा सैन्य परेड गर्दै शक्ति प्रदर्शन गरिएको छ। देशको ७३ औं स्थापना दिवसका अवसरमा सैन्य परेड गरिएको हो।

सो क्रममा उत्तरका सेनाहरु ह्याजमट सुट र ग्यास मास्कमा देखिएका थिए। उनीहरुले आफ्नो अनुहार पुरै ढाकेका थिए। सार्वजनिक भएका तस्बिरहरुमा सेनाहरु खब्तरबन्द गाडी, तोप गोलाको छेउमा देखिएका छन्।

हाल उत्तर कोरिया कोरोना महामारीले निम्त्याएको आर्थिक मन्दीको अवस्थामा गुज्रिरहेको छ। यसबीचमा सर्वोच्च नेता किम जोङ उन सो कार्यक्रममा उपस्थित हुँदा पहिलेभन्दा दुब्लो देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

North Korea: soldiers in hazmat suits march in military parade marking  nation's 73rd anniversary | North Korea | The Guardian

उत्तर कोरियाले एक जनामा पनि कोरोना नदेखिएको दाबी गर्दै आएको छ। कोरोना प्रकोपको सुरुवाती समयदेखि उत्तरले अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरिदिएको छ।

North Korea will stage a simplified military parade featuring hazmat suits  and several weapons-nationwide - Eminetra Canada

Kim Jong Un conducts a military parade as North Korean soldiers wear  strange hazmat suits - London News Time

North Korea: Military parade features hazmat suits, gas masks - BBC News

N.Korea puts hazmat suits on parade for national day, but no missiles

In Pics | North Korea Leader Kim Jong Un Presides Over Toned-down Civil  Defense Parade


प्रतिक्रिया दिनुहोस्