झापाबाट हराएका रंगकर्मी दाहाल स्याङ्जामा भेटिए, फेसबुक लाइभ आएर मागे माफी

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : २४


काठमाडौं । झापाबाट हराएका रंगकर्मी प्रकाश दाहाल स्याङ्जामा भेटिएका छन।

उनले फेसबुक मार्फत आफू स्याङ्जामा रहेको जानकारी दिएका छन। झापा घर भएका दाहाल तीन दिन अघिबाट सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो।

उनको खोजीमा प्रहरीको टोली सक्रिय थियो। दाहालले आज फेसबुक लाइभमा आएर आफूले धेरैलाई दुःख दिएको भन्दै माफी मागेका छन। उनले आफू सकुशल रहेको जानकारी समेत दिएका छन।

उनले नेपाली चलचित्र ‘पशुपति प्रसाद’मा पनि अभिनय गरेका थिए। दर्जनौ नाटकमा अभियनय गरेका उनी पछिल्लो समय दमकमा बस्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्