नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदबहाली

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १ : ५८


काठमाडौं । नेपाली सेनाका महारथी प्रभुराम शर्माले ४४ औं प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका छन।

शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएपछि उनले जंगी अड्डा पुगेर पदबहाली गरेका हुन्।

नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।

प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजा समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्