आमाको मृत्यु भएकै भोलिपल्ट अक्षयको जन्मदिन, आमालाई सम्झिँदै यसो भने…

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १ : ४८


बलिउड सुपरस्टार अक्षय कुमारकी आमा अरुणा भाटियाको बुधबार मात्र निधन भएको थियो। आमाको मृत्यु भएकै भोलिपल्ट अर्थात् आज अक्षयको जन्मदिन परेको छ।

मातृशोकमा परेका कारण उनले आफ्नो जन्मदिन मनाउने छैनन्। सन् १९६७ सेप्टेम्बर ९ मा जन्मिएका अक्षय आज ५४ वर्षमा प्रवेश गरेका हुन्।

उनले सामाजिक संजालमा आमालाई सम्झिँदै भनेका छन्,‘मलाई थाहा छ आमाले मलाई माथिबाट जन्मदिनको शुभकामना दिइरहनु भएको छ। मलाई सान्त्वना र साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।’

यसअघि हिजो आमाको मृत्यु भएपछि उनले भनेका थिए,‘उहाँ मेरो जीवनको केन्द्र हुनुहुन्थ्यो। आज मलाई मेरो अस्तित्वको हरेक हिस्सामा पीडा महसुस भइरहेको छ। मेरी आमा श्रीमती अरुणा भाटियाले आज शान्तिपूर्ण रुपमा संसार छाड्नु भयो र अर्कै दुनियाँ पिताकोमा जानु भयो।’


प्रतिक्रिया दिनुहोस्