बाबुराम भट्टराई भन्छन्ः भारत, चीन, अमेरिका कसैको विरोध नगरौं

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १ : ००


पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को देशलाई गाली गर्ने ‘राष्ट्रवादी’ नभएर आफ्नो देशलाई माया गर्ने देशभक्त बन्नुपर्ने बताएका छन्।

उनले २१औं शताब्दीमा भारत, चीन, अमेरिकाजस्ता राष्ट्रमध्ये एउटाको समर्थन र अर्कोको विरोध गर्न नहुने बताउँदै सन्तुलित सम्बन्ध राखेर मात्र देशको स्वाधीनताको रक्षा र समृद्धि हासिल गर्न सकिने पनि उल्लेख गरेका छन्।

अमेरिकी एमसीसी परियोजनाको विरोध भइरहेको सन्दर्भमा भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन्। नेपाल चीनको बीआरआई परियोजनामा पनि आवद्ध भएको राष्ट्र हो।

उनले सामाजिक संजालमा लेखेका छन्,‘अर्को देशलाई गाली गर्ने‘राष्ट्रवादी’हैन आफ्नो देशलाई माया गर्ने‘देशभक्त’बनौं!२१औं शताब्दीमा भारत,चीन,अमेरिका मध्ये एउटाको समर्थन र अर्कोको विरोध हैन तीनवटै शक्तिसंग सन्तुलित सम्बन्ध राखेर मात्र देशको स्वाधीनताको रक्षा र समृद्धि हासिल हुन्छ भन्ने बुझौं!आवेगले हैन विवेकले काम गरौं!’


प्रतिक्रिया दिनुहोस्