अंक गणितमा रोनाल्डो अहिलेसम्मकै उत्कृष्ट, दोस्रोमा मेस्सी

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १२ : ४२


म्यानचेस्टर युनाइटेड तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो कि पीएसजी तथा अर्जेन्टिनाका लियोनल मेस्सी उत्कृष्ट फुटबलर हुन् भनेर जहिल्य चर्चा भइरहन्छ।

यसबीचमा एउटा अंक गणित अध्ययनले रोनाल्डो अहिलेसम्मकै उत्कृष्ट फुटबलर भएको र दोस्रोमा मेस्सी रहेको देखिएको मार्काले जनाएको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका डाक्टर टम क्राफोर्डले एउटा डेटा मोडेल डिजाइन गरेर अध्ययन गरेका हुन्। जसमा रोनाल्डो सर्वोत्कृष्ट देखिँदा मेस्सी र रोनाल्डो नै पेले र म्याराडोनाभन्दा अब्बल देखिएका छन्।

विश्वका नाम चलेका फुटबलर तथा स्ट्राइकरको गोल रेकर्ड तथा उनीहरुले क्लब र देशलाई दिएको देनको अध्ययन गरिएको थियो। यहाँ उपाधि र सफलताको अध्ययन पनि गरिएको छ।

डाक्टर क्राफोर्डले उत्कृष्ट १० खेलाडीको सूची बनाएका छन् र उनले सय अंकमा कसलाई कति दिएका छन् तल उल्लेख गरिएको छ।

१. रोनाल्डोले सयमा १०० अंक पाएका छन्।
२. लियोनल मेस्सीः ९४ अंक
३. पेलेः ८५ अंक

४. फरेन्क पुस्कसस् ५७ अंक
५. रोनाल्डो नाजेरियोः ५२ अंक
६. मार्को भान बास्तेनः ४४ अंक

७. अज्फ्रोडो डि स्टिफानोः ३७ अंक
८. मिचेल प्लाटिनीः ३३ अंक
९. डिएगो म्याराडोनाः ३१ अंक
१०. जोहान सिरफ ३० अंक (मार्का)

 


प्रतिक्रिया दिनुहोस्