टोक्यो ओलम्पिक नखेलेका कारण उत्तर कोरियालाई बेइजिङ ओलम्पिकमा प्रतिबन्ध

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १२ : ११


हालै जापानको टोक्योमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा भाग नलिएको उत्तर कोरियालाई बेइजिङमा हुने शितकालीन ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ।

टोक्यो ओलम्पिकमा भाग नलिने एकपक्षीय निर्णय गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी वर्ष हुने बेइजिङ ओलम्पिकमा भाग लिनबाट उत्तर कोरियालाई वन्चित गरेको सीएनएनले जनाएको छ।

यसअघि उत्तर कोरियाले जापानमा कोरोना भाइरसको खतरा देखाउँदै आफ्ना खेलाडी नपठाउने एकपक्षीय निर्णय गरेको थियो।

चीनको राजधानी बेइजिङमा आगामी वषैको फेब्रअुरी चारदेखि शितकालीन ओलम्पिक सुरुवात हुनेछ। प्रतियोगिता फेब्रुअरी २० मा सम्पन्न हुनेछ।


प्रतिक्रिया दिनुहोस्