एमसीसी उपाध्यक्षको टोली काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १० : १४


काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार नेपाल आइपुगेकी छन् । चारदिने भ्रमणका लागि नेपाल आएका सुमार नेतृत्वको टोलीमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि रहेका छन् ।

उनीहरु बिहिबार बिहान कतार एयरवेजको विमान मार्फत काठमाडौं अवतरण गरेका हुन् । सुमार नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कमलपोखरीस्थित मेरियट होटल गएका छन् । सुमारले आजै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् ।

सुमार नेतृत्वको टोलीको आगमनलाई लक्षित गरी त्रिभुवन विमानस्थल लगायत आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।


प्रतिक्रिया दिनुहोस्