३७ खेलमा अपराजित रहँदै युरो च्याम्पियनमा इटालीको कीर्तिमान

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ८ : ४६


काठमाडौं । युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेको छ । बुधबार रातिको खेलमा लिथुआनियालाई ५–० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएको छ ।

रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे । केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १/१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे ।

यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो । समूह ‘सि’को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे ।

जितसँगै इटालीले समूह ‘सि’बाट ६ अंकको अग्रता बनाएको छ । उसको ६ खेलबाट १४ अंक रहेको छ । ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्