टी–ट्वान्टी विश्वकपका लागि भारतीय टिमको घोषणा

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ८ : ०५


काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि भारती टिमको घोषणा भएको छ । अक्टोबर र नोभेम्बरमा युएई र ओमानमा संयुक्त रुपमा हुनेविश्वकप बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।

कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।

भारतीय टिम

विराट कोहली (कप्तान) रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चहर, रविचन्द्र आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहमद शामी

 


प्रतिक्रिया दिनुहोस्